Halloween Costume ideas 2015

www.aagopani.com

A News portal by Websoft IT Nepal Pvt. ltd.

Latest Post
PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काठमाडौँ, ३ असोज ः टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् ।
दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।
देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउनुहुन्छ । “सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट काटेका छैनन्,” उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ ।
बाटोको दुरावस्था र वर्षाका कारण दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ । विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सम्भावना छ ।
विभागका प्रवक्ता डा टोकराज पाण्डे १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमा बाहिरिने बताउनुहुन्छ । “टिकट वितरणमा कुनै समस्या छैन,” उहाँले भन्नुभयो ।





काठमान्डौँ भदौ ११
कम्युनिटी मेडिसिनमा विभिन्न बिश्वबिध्यालयहरुबाट बिशेषज्ञता हासिल गरेका कम्युनिटी फिजिसियन, जनस्वास्थ्य र महामारीरोग बिशेषज्ञ चिकित्सकहरुको संस्था नेस्कम अथार्त नेप्लिज सोसाइटी अफ कम्युनिटी मेडिसिनको प्रथम राष्ट्रिय कम्युनिटि मेडिसिन सम्मेलन (कनकम)काठमाडौँमा सम्पन्न भएको छर
उक्त सम्मेलनले प्रा. डा. निलाम्बर झाको अध्यक्षतामा पहिलो निर्बाचित कार्यसमिति पनि गठन गरेको छर गठित कार्यसमितिमा डा. गजानन्द भण्डारी उपाध्यक्ष, डा. प्रनिल मान सिंह प्रधान महासचिव र डा. आभा श्रेष्ठ कोषाध्यक्ष चुनिएका छन्। यसैगरी कार्यसमिति सदस्यहरुमा प्रा. डा. अनुप घिमिरे, डा. जगदिश चटौत, डा. विजय खनाल, डा. सूर्य पराजुली र डा. पार्थ गुरागाईं रहेका छन्।
नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साईन्समा सम्पन्न उक्त सम्मेलनको उदघाटन स्वास्थ्य मन्त्रालयका निमित सचिब डा. पुष्पा चौधरी गर्नु भएको थियोर कार्यसमितिको पूर्व अध्यक्ष प्रा. डा. लोचना श्रेष्ठले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा इन्स्टिच्युट अफ मेडिसिनका डीन प्रा. डा. जगदीश अग्रवाल, काठमाडौँ विश्वविद्यालयका डीन डा. राजेन्द्र कोजु, नेपाल आर्मीका मेजर जनरल डा. नरेश कुमार गिरी तथा डा. बच्चुराम केसी लगायतले कम्युनिटी मेडिसिनको बढ्दो महत्वको बारेमा स्पष्ट पार्नुभएको थियोर प्रा. डा. महेश कुमार मास्केले पहिलो नेस्कम ओरेसन दिनुहुदै कम्युनिटी फिजिसियनहरुले आगामी दिनमा देशको स्वास्थ्य क्षेत्रमा थप काम गर्नुपर्ने बताउनुभयोरबिशिष्ट अथितिको रुपमा राष्ट्रिय बैकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युबराज खतिवडाले दिगो बिकाश लक्ष्य प्राप्तिको लागि सबैले हातेमालो गर्नुपर्ने बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियोर
पहिलो चोटी कम्युनिटी मेडिसिनमा बिशेषज्ञता हासिल गरेका चिकित्सकत्रय प्रा. डा. निलाम्बर झा, प्रा. डा. पारस कुमार पोखरेल तथा प्रा. डा. लोचना श्रेष्ठलाई बिशेष सम्मान अर्पण गरिएको सम्मेलनमा करिब २०० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो . आफुले गरेका बिभिन्न अनुसन्धानहरुको कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा डा. रेशु अग्रवालले बेस्ट ओरल तथा डा. धर्ति जोशीले बेस्ट पोस्टर अवार्ड प्राप्त गर्नुभएको थियोर कार्यक्रमको समापन गर्दै डा. ली बुढाथोकीले सबैलाई हार्दिक धन्यवाद दिनु भएको थियोर आजको वर्तमान नेपालको स्वास्थ्य अवस्थामा गुणस्तरीय र प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रबाह गर्नु, महामारी तथा प्राकृतिक प्रकोपवाट हुने मानबिय क्षतिको न्यूनीकरण गर्नु, जनसंख्या ब्यबस्थापन गर्नु, स्थानीय र ग्रामिण भेगसम्म स्वास्थ्य सेवा पु–र्याउनु, नँया रोगहरुको वैज्ञानिक ढंगले अनुसन्धान गर्नु जस्ता चुनौति रहेको वर्तमान अवस्थामाकम्युनिटी फिजिसियनहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने सहभागीहरुले बताउनुभयो




प्रतिक्षा गौतम ,विराटनगर , असोज १
 गायक सुरज लामिछानेको प्रस्तुतीमा गायक सुरज लामिछाने र गायिका यामु गुरुङको आवाजमा नयाँ नयाँ लोक दोहोरी एल्बम ”तिमी विना बाँच्दिन ” नेपाली सांगितिक बजारमा आइपरेको छ ।
निकै सुमधुर आवाजमा तयार परिएको माया प्रेमलाई यर्थापरक रुपमा तयार पारिएको गितलाई आम दर्शक तथा श्रोताले अधिक मन पराएको निमार्ण पक्षले जानकारी दिएको छ । । गायक स्यमको सर्वाेकृष्ट शब्द संयोजन तथा संगित रहेको उक्त भिडियोमा निकै चर्चित तथा ब्यस्त कलाकार सरिका केशी , सागर थापा। थापाको अभिनय रहेको छ ।साथै उक्त भिडियोलाई अभिनास डीसी ले सम्पादन गरेका हुन भने क्यामेरामा सागर गौतमले साथ दिएका छन साथै उक्त मार्मिक गितलाई निर्देशक काजिस श्रेष्ठले गरेका छन ।
”तिमी विना बाँच्दिन ” भिडियोको लिंक तल रहेको छ ।



भदौ २९, विराटनगर – नेपालि सांगीतिक जगतकामा साधनारत नव गायक गायिकाहरुको स्वरमा नयाँ गित बजारमा दशैँ लाई लक्षित गरेर आउने क्रम जारी रहेको छ । यसै क्रममा गायक भेषराज भण्डारी र गायिका मनमाया श्रेष्ठको सुमधुर स्वरमा “दशैँ तिहार आयो गाउँमा ”  बोलको गित बजारमा आइपुगेको छ । दशै जस्तो नेपालीहरुको महान पर्वमा आफनो परिवार सगँ मनाउन नपाउने परदेशी छोरा र श्रीमतिलाई पिर नमान्न आग्रह गदै गित मार्फत व्यक्त गरिएको छ । गाउँ घरमा दशैको मौका मा हुने झिलीमिलि भएको बेला आफनो छोरो नहुदाँ पिडालाई गिती सम्बाद माफत कलात्मक रुपमा समेटिएको छ ।

“दशैँ तिहार आयो गाउँमा ” भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन अबिनास डिसि ले गरेका छन् । भिडियोलाई काजिस श्रेष्ठ ले निर्देशन गरेका छन भने । भौरव कालिका म्युजिक प्रा ली मार्फत बजारमा ल्याइएको छ ।  “दशैँ तिहार आयो गाउँमा ”  गितको भिडियोमा रमा थपलिया , विमल अधिकारी , अनिषा श्रेष्ठ र खेमको अभिनय रहेको छ । आम दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ वन्न सक्ने गायक भेषराजले बताएका छन ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस

विराटनगर
नेपाली हरुको महान चार्ड दशैलाई लक्षित गदै पुर्वेली गायक निश्चल सुवेदीको “जानी जानी तिम्रो हातमा ” बोलको नयाँ गितको भिडियो बजारमा आउने तयारीमा रहेको छ ।अरुण मेहताको शब्द तथा अनिष थापाको संगितमा रहेको गितमा माया प्रेमको विषयबस्तुमा तयार हुदै गरेको भिडियोमा पुर्वी नेपालको विभिन्न रमणिय स्थानको छायाँकन गरिएको छ । एस एन प्रोडक्सनको प्रस्तुतिमा रहेको यो भिडियोको छायांकन सुमन निरौला तथा सम्पादन आदित्य आचार्यले गरेका छन ।उक्त भिडियोमा गणेश ढकाल , सिष्टी बजगाई लगायतका कलाकारको अभिनय रहेको निमार्ण पक्षले जानकारी दिएको छ । निमार्ण क्रममा रहेको भिडियोलाई सुजित विश्वासको निर्देशन रहेको छ ।


रोशन पोखरेल विराटनगर भदौ, २८
नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट एक्सन कमेडि समेटिएको  नयाँ डान्सिङ लोकदोहोरी गित  “ किन्नलाई पाइन्छ सब थोक पैसाले ”भखरैमात्र बजारमा आएको  छ  । दोहोरी गित संगितको  क्षेत्रमा लामो समयदेखी क्रियाशिल गायक लोकेन्द्र शाहि ठकुरी र माया र्पाेधेको  कर्णप्रिय आवाजमा भैरव कालिका म्युजिक कम्पनिले अहिले सम्मकै लोकदोहोरीको गितलाई बजारमा ल्याएको छ । परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस शब्द सर्जक तथा संगितकार सपना केसी  सवोकृष्ट शब्द रचना रहेको छ । माया प्रेममा पर्दाको रोमान्चक अनुभुति र एक्सन लाई यस गितमा सर्वत्र चर्चा गरिएको छ । उक्त नयाँ डान्सिङ गितको भिडियोलाई  अहिलेका निकै ब्यस्त  निर्देशन काजिस श्रेष्ठ ले  गरेका छन । साथै ज्यादै रोमान्टिक भिडियोमा अहिलेकि निकै व्यस्त निर्देशक तथा मोडल काजिस श्रेष्ठ र करिष्मा ढकालको को जोडदार नित्य र एक्सन रहेको छ ।  । सागर गौतमले ले खिचेको भिडियो लाई अविनास डिसिले सम्पादन गरेका छन । अहिलेको संगितिक पारखि श्रोता तथा दर्शकले धेरै मन पराउने निमार्ण पक्षले जनाएको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget